आज – १९ माघ २०८२ सोमवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज साथीभाइ वा समूहसँगको कामले नयाँ अवसर ल्याउनेछ । नेतृत्व र निर्णयका विषयमा सक्रियता देखिनेछ । राजनीति वा सामाजिक भूमिकामा पनि प्रभाव बढ्ने संकेत छ । आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ९ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विचार र मिठो बोलीले अरूलाई प्रभाव पार्न सकिनेछ । साना नेतृत्व जिम्मेवारी र धार्मिक मार्गदर्शन लाभदायक हुनेछ । सुझाव र शिक्षा क्षेत्रमा नयाँ अवसर पाइने संकेत छ । आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ५ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नेतृत्व र सामूहिक काममा सक्रिय रहनुपर्ने दिन हो । सामाजिक प्रतिष्ठा र पदमा समान्यतया वृद्धि र वढोत्तरी देखिन्छ। हजुरको बोलि र व्यवहारले अरूलाई प्रभावित गर्नेछ । आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक १ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सम्बन्ध र सामाजिक भूमिकामा सक्रियता देखिनेछ । राजनीतिक वा संगठनात्मक जिम्मेवारी लिन मन लाग्न सक्छ । सम्भावित छलफल र सुझावले निर्णयलाई स्पष्ट बनाउनेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज भावनात्मक उतार चढाव सम्भव छ होसियार रहनुहोला । सम्बन्ध र साझेदारीमा सोच र समझ आवश्यक छ । सकारात्मक निर्णयले भविष्यमा लाभ दिलाउनेछ । आजको शुभ रंग हल्का पहेँलो हो भने शुभ अंक ३ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बोली र व्यवहारले अरूलाई प्रभावित गर्ने योग छ । आफन्तहरू र मित्रताको सहयोगले विशेष लाभ दिनेछ् । जोखिमपूर्ण निर्णय टार्नु राम्रो रहनेछ । कार्यमा स्थिरता कायम राख्नु आवश्यक छ । आजको शुभ रंग नीलो हो भने शुभ अंक ४ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक र शिक्षा सम्बन्धी विषयमा ध्यान जान सक्छ । सहकार्य र मित्रवत व्यवहारले लाभ दिलाउनेछ । पुराना योजना पुनः विचार गरेर अघि बढाउन सकिन्छ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनभित्रका कुरा आज बाहिर प्रकट हुन सक्छन् । भावनामा अलि संवेदनशीलता देखिए पनि निर्णयमा सोच उपयोगी हुनेछ । घरपरिवार र व्यक्तिगत जिम्मेवारी सन्तुलित राख्नुपर्छ । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शिक्षा अध्ययन वा नयाँ ज्ञान प्राप्तिमा समय दिनु लाभदायक रहनेछ । साझेदारी र सहकार्यले राम्रो नतिजा ल्याउन सहयोग गर्नेछ । थकान महसुस भए पनि धैर्यता राखेर कार्य गर्नुहोस् सफलता मिल्नेछ । आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सृजनशीलता र गहिरो सोच आज लाभदायक रहला। नेतृत्व वा शिक्षासँग सम्बन्धित जिम्मेवारीले लाभ दिन सक्छ । आत्मविश्वास र स्पष्ट निर्णयले सम्मान बढाउनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घरपरिवार सम्बन्धी जिम्मेवारी र शिक्षा सम्बन्धित योजना दुवै सक्रिय रहनेछ । हरेक कुरामा संयमता अपनाउँदा तनाव घट्नेछ । पुराना कुरा सम्झेर नयाँ दिशा लिन लाभदायक रहनेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सिर्जनात्मक र भावनात्मक काममा दिन अनुकूल रहनेछ । मित्रता र व्यक्तिगत सम्बन्धमा मधुरता बढ्नेछ । साना नेतृत्व वा शिक्षासम्बन्धी अवसर पनि प्राप्त हुन सक्छ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ ।

ताजा समाचार

Related Articles