रौतहट–३ मा कुन्दन कुशवाहाको दाबी: अनुभव, पहुँच र ‘वास्तविक विकास’को एजेन्डा

रौतहट १८ माघ । प्रतिनिधि सभा सदस्य पदका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले) का उम्मेदवार कुन्दन कुशवाहा ले आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरेका छन्। पत्रकारहरूसँग कुरा गर्दै उनले आफूलाई विकासमुखी, जनसम्पर्कमा सक्रिय र क्षेत्रको भौतिक पूर्वाधारमा काम गरिसकेको नेताको रूपमा प्रस्तुत गरेका छन्।
कटहरिया गाविसका पूर्व अध्यक्ष जादोलाल महतोका छोरा कुशवाहा २०७४ सालको मधेस प्रदेश सभा निर्वाचनमा रौतहट ३ (ख) बाट निर्वाचित भएका थिए। हाल कटहरिया नगरपालिका–४ का स्थायी बासिन्दा रहेका उनी स्थानीय तहदेखि प्रदेश तहसम्मको राजनीतिक अनुभव बोकेको अनुहार मानिन्छन्।
“पद गुमाएँ, जनताको साथ भने छोडिनँ”
एमाले प्रवेशपछि आफूले पद गुमाउनुपरेको प्रसंग उल्लेख गर्दै कुशवाहाले त्यसलाई राजनीतिक मूल्यको रूपमा व्याख्या गरेका छन्।उनका अनुसार पद गुमे पनि जनतासँगको सम्बन्ध भने टुटेन।
“रौतहट–३ का ४४ वटै वडाका जनताको दुःख–सुखमा म सधैं साथमै छु,” उनले भनेका छन्।
कुशवाहाले प्रदेश सांसद हुँदा कटहरिया केन्द्रित विभिन्न सडक योजनामा आफ्नो भूमिका रहेको दाबी गरेका छन्। विशेषगरी:
मलाही–कटहरिया–समनपुर सडक,
धनसर–इनरवा–नरकटिया हुँदै कटहरिया जोड्ने सडक आफू लगायतका टीम अहोरात्र खटेर बनाएको बताएका छन्। रातदिन खटेर
यी योजनाहरु पूरा गरेको सर्वविदितै छ तर यसको श्रेय अरू नेताले लिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।
केही नेता आफूलाई विकास प्रेमी भनेर जनतामा भ्रम फैलाएका छन्। विकासको नाममा ती नेताले सरकारी ढुकुटी खाली गरेको दाबी गरेका छन्। कर जनताको पैसा सरकारको तर नाम ती नेताले र सम्पति माथी बर्चस्व ती कथित विकासप्रेमी को उनले भने।
कुशवाहाले क्षेत्रको मुख्य समस्या सरकारी बजेट दुरुपयोग भएको आरोप लगाएका छन्। उनका अनुसार कागजमा विकास देखिए पनि जनताको जीवनस्तरमा अपेक्षित परिवर्तन आएको छैन।
प्रदेश तहको अनुभवलाई अब संघीय संसदमा उपयोग गर्ने उनको दाबी छ। उनले “समग्र विकासको स्पष्ट खाका” भएको बताएका छन्, ।कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, सिँचाइ, सीमा व्यापार आदिलाई मुख्य प्राथमिकतामा राख्ने प्रतिनिधिसभा उमेदवार कुन्दन कुशवाहाले प्रतिवद्धता जनाएका छन्।
आफूलाई अनुभवी, क्षेत्रसँग जोडिएको र विकासका लागि संघर्ष गर्ने नेता भएको बताउँदै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सूर्य छापमा मतदान गरी भारी मतले बिजयी बनाउन कुशवाहाले रौतहट क्षेत्र नम्बर तिनका मतदाता लाई आग्रह गरेका छन्।

ताजा समाचार

Related Articles