मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मन संवेदनशील रहन सक्छ साना कुराले पनि छोइरहन सक्छ । नजिकका मानिससँगको कुराकानीले मन हलुका बनाउनेछ । पुराना कुरा सम्झेर निर्णय गर्दा फाइदा हुनेछ । आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ९ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक मूल्यसँग जोडिएका विषयले ध्यान तान्न सक्छ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । खर्चमा सन्तुलन राख्दा दिन सहज बन्दै जानेछ । आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ५ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अलि एकान्त मन पर्ने र भित्री सोच बढ्ने दिन हो । अधुरा काम वा पुराना विषय मनमा खेल्न सक्छ । ठूलो निर्णयभन्दा तयारीमा समय दिनु उपयुक्त हुनेछ । आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक १ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज यहाँहरुको जिम्मेवारी र अपेक्षा दुवै बढ्न सक्छन् । आफ्नो कामप्रति गम्भीर हुँदा सम्मान मिल्ने देखिन्छ । भावनापरक भन्दा स्थिर सोच उपयोगी हुनेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज गहिरा विषय वा भित्री कुरा सतहमा आउन सक्छन् । भावनात्मक उतारचढाव सम्भव छ संयमित रहनुहोला । कार्य गर्दा जोखिमभन्दा समझदारी अपनाउँदा दिन सहज रहनेछ । आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज दैनिकी र जिम्मेवारी अलि भारी लाग्न सक्छ । शरीर र मन दुवैलाई आराम दिनु आवश्यक। साना काम लगातार विश्राम गर्दै गर्दा थकान घट्नेछ । आजको शुभ रंग नीलो हो भने शुभ अंक ४ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज बोलचाल र सम्पर्कले धेरै कुरा स्पष्ट बनाउने दिन हो। नसोचेको सल्लाह वा सूचना काम लाग्न सक्छ । धैर्यका साथ अघि बढ्दा मिश्रित अवस्थाबाट लाभ लिन सकिन्छ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफ्नै मन चाहना र निर्णय केन्द्रमा रहने दिन हो । आत्मविश्वास बढ्ने र नयाँ सुरुवातको सोच आउन सक्छ । सोचाईलाई सही रुपमा प्रयोग गर्दा राम्रो परिणाम मिल्नेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज साथीभाइको सम्बन्ध सुखद् रहनेछ । साझा विचार र सहकार्यले उत्साहित बनाउने छ । सानो सहयोगले पनि ठूलो अर्थ दिन सक्छ । आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सोच फराकिलो बनाउने दिन हो । नयाँ दृष्टिकोण वा फरक अनुभवले मन प्रफुल्ल बनाउनेछ । आत्मविश्वासका साथ अघि बढ्दा राम्रो अवसर देखिनेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सम्बन्ध र आपसी समझदारीमा ध्यान जाने दिन हो । गलत बुझाइ हटाएर कार्य सम्पादन गरेमा सफलता मिल्नेछ । सहयोग र सहमतिले कार्य गर्दा कार्यक्षेत्रबाट लाभ हुनेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सिर्जनशीलता र भावनाको सुन्दर संगम देखिन्छ । मन लागेको कुरा व्यक्त गर्न मन लाग्नेछ । कला साहित्यका बिषयमा रुचि बढ्नेछ । प्रेम सम्बन्धमा मिठास बढ्ने योग छ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ ।

