राैतहटकाे चन्द्रपुरमा प्रधानाध्यापक देव नारायण हुमागाईं सम्मानित

राैतहट १७ माघ
चन्द्रपुर नगरपालिका अन्तर्गत सञ्चालित जनज्योति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री देव नारायण हुमागाईंलाई विद्यालयको शैक्षिक तथा भौतिक विकासमा पुर्‍याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै सम्मान गरिएको छ । लामो समयसम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै उहाँले विद्यालयमा अनुशासित शैक्षिक वातावरण निर्माण गर्नुका साथै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न प्रभावकारी नेतृत्व निर्वाह गर्नुभएको थियो। विद्यालय सुदृढीकरण, शैक्षिक सुधार तथा अतिरिक्त क्रियाकलापको विकासमा उहाँको भूमिका महत्वपूर्ण रहेको शिक्षा शाखाले जनाएको छ । चन्द्रपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न एक कार्यक्रममा उहाँलाई सम्मानपत्र प्रदान गरिएको हो। कार्यक्रममा वक्ताहरूले उहाँको कार्यशैली, नेतृत्व क्षमता र समर्पणको खुलेर प्रशंसा गरेका थिए । सरुवा भई अन्य विद्यालयमा जान लाग्नु भएका प्रधानाध्यापक हुमागाईंको आगामी कार्यकाल अझ सफल रहोस् भन्ने कामनासहित उज्ज्वल भविष्यको शुभेच्छा व्यक्त गरिएको छ ।

ताजा समाचार

Related Articles