रौतहट क्षेत्र नं. ४ का एमाले उम्मेदवार साहद्वारा चिसापानी र रतौलीका स्थानीयसँग गरे भेटघाट

रौतहट १७ माघ
रौतहट निर्वाचन क्षेत्र नं. ४ का नेकपा (एमाले) उम्मेदवार रामजी साहले शनिबार चन्द्रपुर नगरपालिका–३ अन्तर्गत चिसापानी र रतौली क्षेत्रमा स्थानीय मतदातासँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । भेटघाटका क्रममा साहले स्थानीयले भोग्दै आएका समस्या, आवश्यकताका साथै तिनको समाधानका उपायबारे छलफल गरेका थिए । विकास, रोजगारी, पूर्वाधार र जनजीविकासँग सम्बन्धित विषयमा स्थानीयको धारणा सुन्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता साहले व्यक्त गर्नु भएको छ । सो अवसरमा उम्मेदवार साहले राम्रो काम गर्नेहरूलाई विभिन्न पक्षबाट प्रहार हुने गरे पनि मुलुकलाई समृद्ध बनाउने स्पष्ट दृष्टिकोण र क्षमता नेकपा (एमाले) सँग मात्रै रहेको दाबी गर्नु भएको छ । यसैबीच, नेकपा (एमाले) ले आइतबार सोही निर्वाचन क्षेत्र अन्तर्गत भोलुमटार, इपिल र अरुण बस्तीका स्थानीय जनतासँग पनि भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरिने जानकारी दिएको छ ।

ताजा समाचार

Related Articles