चपुर सिटि हस्पिटलमा विशेषज्ञ डाक्टरद्वारा एक दिने निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम हुदै

चन्द्रपुर रौतहट १७ माघ
रौतहटको चन्द्रपुर–४ स्थित चपुर सिटी हस्पिटल प्रा.लि.मा मिति २०८२ साल माघ २४ गते शनिबार एक दिने विशेषज्ञ स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम अन्तर्गत बिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स धरानका वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. राकेश कुमार यादव तथा दिल्लीको ल्ब्ःक् बाट अध्ययन गरी एम्स अस्पतालमा कार्य अनुभव प्राप्त वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सन्दिप कुमार यादवले बिरामी जाँच गर्नेछन् । त्यसैगरी पेट, छाती, मुटु, दम, श्वास–प्रश्वास तथा थाइराइड सम्बन्धी रोगको जाँचका लागि डा. सन्तोष महतोको पनि उपस्थिति रहने अस्पतालले जनाएको छ । हाडजोर्नी, नशा रोग, पेट, छाती, मुटु, थाइराइड, मधुमेह (डायबिटिज), दम लगायतका रोगबाट पीडित बिरामीहरूले समयमै सम्पर्क गरी उक्त स्वास्थ्य जाँच कार्यक्रमबाट लाभ लिन अस्पतालले अनुरोध गरेको छ । स्वास्थ्य जाँच कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रम हुने स्थान चपुर सिटी हस्पिटल प्रा.लि., चन्द्रपुर–४, इलाका प्रहरी कार्यालयको पूर्वपट्टि रहेको छ ।

ताजा समाचार

Related Articles