रौतहटको नुनथरमा फागुन ६ गते सोनाम ल्होछार विशेष वृहत् साँस्कृतिक कार्यक्रम हुने

बागमति रौतहट १७ माघ
रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित पर्यटकीय स्थल नुनथमा आगामी फागुन ६ गते सोनाम ल्होछारको अवसरमा वृहत् साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । शनिबार नेपाल तामाङ घेदुङ चन्द्रपुर वडा नं. १ को वडा कमिटिको बैठकले सो निर्णय गरेको अध्यक्ष सोम बम्जनले जानकारी दिनु भयो । कार्यक्रम नेपाल तामाङ घेदुङ चन्द्रपुर–१ नम्बर वडा घेदुङको आयोजनामा हुन लागेको हो । सोनाम ल्होछारलाई भव्य र सभ्य रूपमा मनाउने उद्देश्यसहित विविध सांस्कृतिक प्रस्तुति, शुभकामना आदान–प्रदान तथा परम्परागत कार्यक्रमहरू समेटिने आयोजकले जनाएको छ । कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न टीका भोलनको संयोजकत्वमा तथा बुद्ध लामा र सञ्जय लामाको सह–संयोजकत्वमा ११ सदस्यीय ल्होछार विशेष साँस्कृतिक कार्यक्रम समारोह समिति गठन गरिएको छ । आयोजक समितिले तामाङ समुदायको मौलिक संस्कृति, पहिचान र परम्परालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रममा सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग र सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ ।

ताजा समाचार

Related Articles