शहीद दिवसमा चन्द्रनिगाहपुर सिटी जेसिजद्वारा झण्डोत्तोलन तथा दीप प्रज्वलन

चन्द्रपुर १७ माघ
शहीद दिवसको अवसर पारेर चन्द्रनिगाहपुर सिटी जेसिजले चन्द्रपुर चोकमा झण्डोत्तोलनसँगै दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । देशका लागि प्राण आहुति दिने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा चन्द्रपुर निवासी समाजसेवी भरत अधिकारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगर तथा चन्द्रनिगाहपुर सिटी जेसिज २०२६ का अध्यक्ष देवराज न्यौपानेले संयुक्त रूपमा राष्ट्रिय झण्डोत्तोलन गर्नु भएको थियो । झण्डोत्तोलनपछि बोल्दै अध्यक्ष न्यौपानेले प्राप्त अधिकार र स्वतन्त्रताका लागि जीवन बलिदान दिने शहीदहरूको योगदान कहिल्यै बिर्सन नहुने बताउनु भयो । उहाँले विभिन्न कालखण्डमा देश र जनताको खातिर ज्यान अर्पण गर्ने शहीदहरूको सपना साकार पार्नु आजको पुस्ताको दायित्व रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा चन्द्रनिगाहपुर सिटी जेसिजका पूर्व अध्यक्ष चिरञ्जीवी गौतम, समाजसेवी भरत अधिकारी, प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगर लगायत जेसिजका पदाधिकारी, स्थानीय व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । झण्डोत्तोलन कार्यक्रम सफल बनाउन आवश्यक सहयोग चन्द्रनिगाहपुर सिटी जेसिज २०२६ का उपाध्यक्ष तथा कार्यक्रम संयोजक विकिज घिमिरेले गर्नु भएको थियो ।

ताजा समाचार

Related Articles