रौतहटमा जंगली जनावरको आतंक, किसानको अन्नबालीमा भारी क्षति

राैतहट २५ पुस
रौतहटको देवाहीगोनाही नगरपालिकामा जंगली जनावरको आतंक बढ्दै गएको छ। नगरपालिकाको वडा नम्बर ७ र ९ को सीमावर्ती क्षेत्रमा जंगली निलगाई र घोडगदहाले किसानका अन्नबालीमा व्यापक क्षति पुर्‍याइ रहेका छन् । स्थानीय किसानका अनुसार वर्षभरि मेहनत गरेर लगाइएका मसुरो र गहुँ बाली जंगली जनावरले खाएर तथा कुल्चेर नष्ट गरेका छन् । पाक्ने बेलामा पुगेका बाली एकाएक नष्ट भएपछि किसानहरू ठूलो आर्थिक मारमा परेका छन् ।  बाली जोगाउन राति खेतमै पहरा दिनु परे पनि जंगली जनावरको संख्या बढी भएकाले नियन्त्रण गर्न नसकिएको किसानहरूको गुनासो छ।
किसानहरूले जंगली जनावरको आतंकका कारण उत्पादन घट्ने र जीविकोपार्जनमै संकट पर्ने अवस्था आएको बताएका छन् । यस क्षेत्रका कृषकहरूले सम्बन्धित निकाय र स्थानीय सरकारसँग जंगली जनावर नियन्त्रण, क्षतिपूर्ति व्यवस्था तथा दीर्घकालीन समाधानको माग गरेका छन् । स्थानीय सरकार तथा वन सम्बन्धित निकायले समयमै ध्यान नदिए आगामी दिनमा किसानको समस्या झन् गम्भीर हुने चेतावनीसमेत किसानहरूले दिएका छन् ।

ताजा समाचार

Related Articles