चन्द्रनिगाहपुरमा सामाजिक सुरक्षा योजनाबारे अभिमुखिकरण तालीम सफलतापूर्वक सम्पन्न

राैतहट १९ पुस
रौतहट बचत संघको आयोजनामा तथा सामाजिक सुरक्षा कोष, सिमरा (बारा) को प्राविधिक सहयोगमा सामाजिक सुरक्षा योजनासम्बन्धी अभिमुखिकरण तथा प्रशिक्षण तालीम कार्यक्रम आज सम्पन्न भएको छ। होटेल आरोहीको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा सहकारी क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उद्घाटन सत्र कार्यक्रम संघका अध्यक्ष बिभु पोखरेलको अध्यक्षतामा सम्पन्न भयो। सहभागीहरूलाई स्वागत मन्तव्य संघका सचिवले व्यक्त गर्नुभएको थियो भने सम्पूर्ण कार्यक्रमको सञ्चालन संघका महासचिव देवबहादुर सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा संघका कोषाध्यक्ष नरेन्द्र राना, सञ्चालक सदस्य कल्पना दाहाल, व्यवस्थापक नेवा लाल रामलगायत विभिन्न साकोस (SACCOS) बाट अध्यक्ष, उपाध्यक्ष, सञ्चालक सदस्य, व्यवस्थापक तथा कर्मचारीहरू गरी जम्मा ४३ जनाको सक्रिय सहभागिता रहेको थियो। तालीम कार्यक्रममा सामाजिक सुरक्षा कोष, सिमराबाट आउनुभएका सहजीकरणकर्ता सुमन गुप्ताले सामाजिक सुरक्षा योजनाका उद्देश्य, लाभ, प्रक्रिया र सहकारी क्षेत्रमा यसको महत्वबारे विस्तृत जानकारी दिनुभएको थियो। सहभागीहरूले तालीमलाई अत्यन्त उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन् । कार्यक्रमले सहकारी संस्थामा आबद्ध कर्मचारी तथा पदाधिकारीहरूलाई सामाजिक सुरक्षा योजनाप्रति थप सचेत र जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

ताजा समाचार

Related Articles