मापसे गरी ट्र्याक्टर चलाउँदा रौतहटमा दुर्घटना, दुई जना सामान्य घाइते

रौतहट, १८ असार
रौतहटको बृन्दावन नगरपालिका–४ स्थित सखुआबा टोलमा सरसफाइ ट्यांकी जडान गरिएको ट्र्याक्टर दुर्घटनामा परेको छ । दक्षिणबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ त ३१२८ नम्बरको ट्र्याक्टर कालोपत्रे सडकको बीचभागमै अनियन्त्रित भई पल्टिएको हो । प्रारम्भिक जानकारीअनुसार चालकले मादक पदार्थ सेवन (मापसे) गरेको अवस्थामा ट्र्याक्टर चलाइरहेकाले दुर्घटना भएको बताइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
दुर्घटनामा ट्र्याक्टर चालक र सँगै रहेका एक जना कामदार सामान्य घाइते भएका छन्। उनीहरूको अवस्था खतरामुक्त रहेको र सामान्य उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
दुर्घटनापछि केही समय सडकमा आवागमन प्रभावित भए पनि ट्र्याक्टर हटाएसँगै यातायात सञ्चालन पुनः सामान्य भएको स्थानीयले बताएका छन् ।

ताजा समाचार

Related Articles