मैढास्थित जनप्रिय उच्च माध्यमिक विद्यालयको ४७ औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

राैतहट १३ पुस
राैतहटकाे गुजरा नगरपालिका–२ स्थित श्री जनप्रिय उच्च माध्यमिक विद्यालय, हरिनगर मैढामा विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा खेलकुद पुरस्कार वितरण कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयद्वारा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्न सफल विद्यार्थी खेलाडी भाइबहिनीहरूलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा गाउँका अग्रज आदरणीय आमाबुबाहरू, विभिन्न टोलका अतिथिज्यूहरू, विद्यालय परिवार तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उत्सवको अवसरमा विद्यालयका निमित्त पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष थिर बहादुर बस्नेतले अक्षयकोष स्थापना गरी पाँच लाख रुपैयाँ नगद सहयोग प्रदान गर्नुभएकोप्रति विद्यालय परिवारले हार्दिक आभार व्यक्त गरेको छ। साथै प्रत्येक वर्ष उहाँकी छोरी अम्बिका बस्नेतको तर्फबाट शैक्षिक सामग्री वितरण हुँदै आएको र यस वर्ष पनि केही विद्यार्थी नानीबाबुहरूलाई शैक्षिक सामग्री तथा एक सेट ट्र्याकसुट वितरण गरिएको विद्यालयले जनाएको छ। यस सहयोगका लागि अम्बिका बस्नेतज्यूलाई विशेष धन्यवाद व्यक्त गरिएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकज्यू, सम्पूर्ण शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा सदस्यहरूले विद्यालयप्रति देखाउनुभएको माया, इमानदारिता र जिम्मेवारीपूर्ण भूमिकाको उच्च प्रशंसा गरिएको थियो । विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो ।

ताजा समाचार

Related Articles