राैतहट धरहरीस्थित जय किसान माध्यमिक विद्यालयमा थप दुई दिन बिदा घोषणा

रौतहट १३ पुस
देवाही गोनाही नगरपालिकाको परिपत्र अनुसार अत्यधिक चिसो बढ्दै गएपछि रौतहटको धरहरीस्थित श्री जय किसान माध्यमिक विद्यालयले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै थप दुई दिन बिदा दिने निर्णय गरेको छ। विद्यालय प्रशासनका अनुसार मिति २०८२/०९/१३ र १४ गते विद्यालयमा पठनपाठन स्थगित रहनेछ। जारी गरिएको सूचनामा चिसो मौसमका कारण विद्यार्थी भाइबहिनीहरूमा स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले सावधानीस्वरूप बिदा दिइएको उल्लेख गरिएको छ। यद्यपि, उक्त बिदा बर्षे बिदाबाट कट्टा हुने गरी प्रदान गरिएको विद्यालयले स्पष्ट पारेको छ। मौसम अनुकूल भएमा तोकिएको समयपछि नियमित पठनपाठन सञ्चालन हुने पनि विद्यालय प्रशासनले जनाएको छ। स्थानीय अभिभावकहरूले विद्यालयको यो निर्णयलाई विद्यार्थीमैत्री र समयसापेक्ष कदमको रूपमा स्वागत गरेका छन ।

ताजा समाचार

Related Articles