चन्द्रपुर फेन्सी, कपडा तथा जुत्ता–चप्पल व्यवसायी संघको प्रथम साधारणसभा सम्पन्न

रौतहट १२ पुस

चन्द्रपुर फेन्सी, कपडा तथा जुत्ता–चप्पल व्यवसायी संघको प्रथम साधारणसभा आज चन्द्रपुर नगरपालिका–६ स्थित डाबरी पार्कमा भव्य रूपमा सम्पन्न भएको छ। साधारणसभाले चित्र बहादुर सापकोटाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित कार्यसमितिमा उपाध्यक्षमा लिला खड्का, सचिवमा संजय प्रसाद साह, कोषाध्यक्षमा निलम साह र सह–सचिवमा लव तिमल्सिना चयन भएका छन्। त्यस्तै सदस्यहरूमा मुकेश साह, रमेश महतो, अनिल साह, रमिता जैसवाल, तुलसा खड्का र रवि साह चयन भएका छन्। चयन भएको कार्यसमितिको कार्यकाल तीन वर्षको रहने संघले जनाएको छ ।साधारणसभामा निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न निर्वाचन समितिको संयोजकको जिम्मेवारी पाएकोप्रति संघप्रति आभार व्यक्त गरिएको छ। साथै निर्वाचन प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्वाचन सदस्यहरू श्रीराम न्यौपाने र भिम बहादुर विकप्रति समेत धन्यवाद ज्ञापन गरिएको छ। कार्यक्रममा संघका तदर्थ समितिका संयोजक रामशरण गौतमलाई विशेष धन्यवाद दिइएको छ। उहाँले संघलाई विधिपूर्वक दर्ता गरी प्रथम साधारणसभामार्फत नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्न उल्लेखनीय योगदान पुर्‍याएको सहभागीहरूले बताए । साधारणसभाले व्यवसायीहरूको हकहित, संगठन सुदृढीकरण र व्यवसायिक एकताका लागि नयाँ नेतृत्व सक्रिय रूपमा अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।

ताजा समाचार

Related Articles