चन्द्रनिगाहपुर टेकान बाैद्व गुम्बामा तार घेराबार गर्ने

राैतहट १० पुस
रौतहटको चन्द्रपुर नगरपालिका–४ अन्तर्गत टेकान वन क्वाटर क्षेत्रमा अवस्थित स्येडुप फेन्दे नङतेन लोफ्लिङ महिला शैक्षिक गुम्बाको सुरक्षाका लागि तार घेराबार गर्ने तयारी गरिएको छ।
गुम्बा व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर मोक्तानका अनुसार गुम्बा परिसरमा हुने अनधिकृत प्रवेश, वन्यजन्तुको जोखिम तथा भौतिक संरचनाको संरक्षणका उद्देश्यले तार घेराबार गर्न लागिएको हो। धार्मिक तथा शैक्षिक गतिविधि सञ्चालन हुँदै आएको यस गुम्बाको वातावरण सुरक्षित र व्यवस्थित बनाउन घेराबार आवश्यक ठानिएको उनले बताए।
स्थानीय समुदायको सहयोग र समन्वयमा गरिने उक्त घेराबार कार्यले गुम्बा क्षेत्रलाई थप सुरक्षित बनाउने अपेक्षा गरिएको छ। साथै, यस कदमले गुम्बामा अध्ययनरत महिला भिक्षुणीहरू तथा श्रद्धालुहरूको आवतजावतलाई पनि सहज र सुरक्षित बनाउने विश्वास लिइएको छ।

ताजा समाचार

Related Articles