चन्द्रपुरकाे डुमरिया मा.वि.मा साईबर अपराधबारे प्रहरीद्वारा जनचेतनामूलक कक्षा सञ्चालन

रौतहट ८ पुस
“समुदाय–प्रहरी साझेदारी” (Community–Police Partnership) कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय डुमरिया, रौतहटको आयोजनामा साईबर अपराध सम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन गरिएको छ।  मंगलबार दिउँसो ३ः३० बजे चन्द्रपुर नगरपालिका–९ स्थित डुमरिया माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत करिब ५० जना विद्यार्थीहरुको सहभागितामा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएकाे छ । कार्यक्रममा प्रहरी अधिकारीहरुले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, ह्याकिङ, फेक आईडी, साईबर बुलिङ लगायतका साईबर अपराधका प्रकार तथा त्यसबाट जोगिने उपायबारे विद्यार्थीहरुलाई जानकारी गराएका थिए। साथै, साईबर अपराध भएको खण्डमा तुरुन्त प्रहरीलाई जानकारी गराउनुपर्ने विषयमा पनि विशेष जोड दिइएको थियो । विद्यार्थी लक्षित यस्ता जनचेतनामूलक कक्षाले डिजिटल प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोगमा सहयोग पुग्ने विश्वास लिइएको छ। प्रहरी–समुदायबीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले यस किसिमका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने इलाका प्रहरी कार्यालय डुमरियाले जनाएको छ।

ताजा समाचार

Related Articles