रौतहटमा ‘बदलिँदो परिस्थितिमा देश र युवाको अवस्था’ विषयक विमर्श सम्पन्न

रौतहट ८ पुस
Rautahat Youth Unity को आयोजनामा “बदलिँदो परिस्थितिमा देश र युवाको अवस्था” विषयक विमर्श कार्यक्रम मंगलबार सम्पन्न भएको छ। गढीमाई नगरपालिका–१ स्थित प्रसिद्ध गढीमाई मन्दिर (हरैया) परिसरमा दिउँसो १:०० बजे सुरु भएको उक्त कार्यक्रममा जिल्लाका युवाहरू, सामाजिक अभियन्ता तथा राष्ट्रप्रेमी व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको युवा सममजसेवी करण देवकाेटाले तराई पाेष्टलाई बताउनु भयाे । साे कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकको वर्तमान राजनीतिक, सामाजिक तथा आर्थिक अवस्थाले युवामाथि पारेको प्रभावबारे गहिरो चर्चा गरेका थिए। साथै, बदलिँदो समयसँगै युवाले खेल्नुपर्ने भूमिकाबारे विचार व्यक्त गर्दै राष्ट्र निर्माणमा युवाको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिएका थिए। विमर्श कार्यक्रममा युवाहरूले देशभित्र रोजगारी, शिक्षा, नेतृत्व विकास तथा अवसरको अभावजस्ता विषय उठाउँदै सकारात्मक परिवर्तनका लागि संगठित र सचेत हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रम आयोजक Rautahat Youth Unity ले यस्ता बौद्धिक छलफलले युवामा चेतना अभिवृद्धि गर्ने र राष्ट्रप्रेमको भावना मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

ताजा समाचार

Related Articles