माधवनारायणमा मदिरा सेवन गरी मोटरसाइकल चलाउँदा दुर्घटना, दुई जना घाइते

राैतहट ७ पुस
रौतहटको माधवनारायण नगरपालिकामा अत्याधिक मदिरा सेवन गरी मोटरसाइकल चलाउँदा दुर्घटना भएको छ। माधवनारायण नगरपालिका–४ मानपुर पुल किनारमा भएको उक्त दुर्घटनामा दुई जना युवक घाइते भएका छन्।
प्रहरीका अनुसार सर्लाही घर बताउने सन्देश पण्डित नाम बताएका एक युवक मोटरसाइकल चालक रहेका थिए। मदिरा सेवनका कारण उनी दुर्घटनापछि अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि सवार उनका साथीको अवस्था भने गम्भीर देखिएको छ। दुर्घटनामा घाइते दुवै जनालाई इलाका प्रहरी कार्यालय गरुडाको सहयोगमा गरुडास्थित बेटर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। घाइतेहरू अचेत अवस्थामा रहेकाले पहिचान तथा आफन्तसँग सम्पर्क हुन नसकेको जनाउँदै इलाका प्रहरी कार्यालय गरुडाले सम्बन्धित आफन्तलाई सम्पर्कमा आउन अनुरोध गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

Related Articles