राैतहट ५ पुस
रौतहटको चन्द्रपुर नगरपालिका अन्तर्गत बालचनपुर क्षेत्रमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनापछि ट्याक्टर चालक सवारीसहित फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
घाइतेको अवस्था गम्भीर रहेकाले उपचार भइरहेको छ । घटनासम्बन्धी थप विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीको भनाइ छ ।

