रौतहट २८ मंसिर
रौतहटको गैडाटारमा रहेको निर्माणधिन अलपत्र गैडाटार चाँदी पुल विकासको अनुभुति हुने गरि सम्पन्न गर्ने नेपाल सरकारका उर्जा , जलस्रोत तथा भौतिक मन्त्रि कुलमान घिसिङले बताउनु भएको छ । गत मंसिर २६ गते शुक्रबार मधेश प्रदेशका बारा ,पर्सा ,रौतहट र सर्लाहीमा सञ्चालित सडक , सिँचाई र विद्युत आयोजनाहरुको स्थलगत निरिक्षण गरि संघिय राजधानी काठमाडौ पुगे लगतै मन्त्रि घिसिङले फोन मार्फत र आफ्नो पेजबाट प्रतिक्रिया दिनु भएको छ । गैडाटारचाँदी पुल निर्माणमा ठेकेदार तथा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले विभिन्न बाहनामा आलटाले काम गरे आफुलाई तुरुन्त जानकारी गराउन स्थानिय उपेन्द्र गोलेलाई मन्त्रि घिसिङले अनुरोध गर्नु भएको छ । शनिबार काठमाडौ पुग्नु भएका मन्त्रि घिसिङले पुल निर्माणमा आलटाल गरे आफुलाई जानकारी गराउनु भन्नु भएको गोलेले तराई पोष्टलाई बताउनु भयो ।

विभिन्न आयोजनाको स्थलगत निरीक्षण गरी अगाडि बढाइएका विकासका आयोजना समयमा सम्पन्न नहुँदा स्थानीय बासिन्दालले वर्षौंदेखि सहनुपरेको पीडा र त्यसबाट उत्पन्न भएको आक्रोश नजिकबाट महसुस गरेंको समेत घिसिङले बताउनु भयो । सडक र पुल समयमै नबन्दा विद्यालय जाने बालबालिका, उपचार खोज्ने बिरामी, मेहनत गरेर उत्पादन बोकेका किसान सबैको दैनिकी कति कष्टकर बनेको छ भन्ने प्रत्यक्ष अनुभूत भएको मन्त्रिले प्रतिक्रिया दिनु भयो । पूर्व–पश्चिम राजमार्गको दुधौरा पुल, रौतहट–सर्लाली जोड्ने बागमती नदीका दुई वटा पुल, रौतहटको उत्तरी क्षेत्रको चाँदी पुल समयमा नबन्दा र बाराको जीतपुर सिमरा उपमहानगरपालिका—१७ स्थित पसाहा खोलामा पुल नहुँदा स्थानीयले गर्दै आएको जोखिमपूर्ण यात्रा केवल संरचनाको अभाव होइन, राज्यप्रतिको भरोसा माथिको चोट हो । वर्षौंसम्म जनताले बेहेरिहेका पीडाको अब अन्त्य हुनै पर्छ । जनताको दुःखमा सरकार उदासीन हुँदैन । काम नगर्ने तथा लापरवाही गर्ने जो–कोहीलाई जिम्मेवार बनाइने छ र विकासको अनुभूति गर्ने गरी काम गरिने मन्त्रि घिसिङको भनाई रहेको छ ।

