रौतहट २७ मंसिर
रौतहटबाट अबैध रकमसहित एक जना पक्राउ गरेको छ । रौतहटको मौलापुरबाट प्रहरीले श्रोत नखुलेको ठुलो परिमाणको रकमसहित बाराको सिम्रौनढ नगरपालिकाको वडा नम्बर ११ भगवानपुरका बर्ष ३७ का मुन्ना जयसवाल पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले तराई पोष्टलाई बताउनु भयो । इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले मौलापुर–जयनगर सडकखण्डमा जाँचका क्रममा शुक्रवार अवैध रकम सहित जयसवाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जयसवाल हरानैयाबाट मधेश प्रदेश–०३–०२३ प ३११० नम्बरको मोटरसाइकलमा चढेर जयनगर तर्फ जाने क्रममा प्रहरीले रोकी चेकजाँच गर्दा मोटरसाइकलमा झुण्ड्याइएको झोलाबाट १ हजार दरका ८३३ थान, ५०० दरका ६२५ थान र १०० दरका १५ थान गरी जम्मा ११ लाख ४७ हजार रुपैयाँ फेला परेको प्रहरी प्रवक्ता डीएसपी बस्यालले बताउनु भयो । रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले जयसवाललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गौरमा राखेर थप अनुसन्धान अघि बढाएको बताउनु भएको छ ।

