गैडाटार चाँदी पुल निर्माण अगामी जेठ मसान्तसम्म सम्पन्न गर्न मन्त्रि घिसिङको कडा निर्देशन

रौतहट २६ मंसिर
शुक्रबार रौतहटको गैडाटारस्थित निर्माणधिन चादी पुलको ऊर्जा, जलस्रोत तथा भौतिक मन्त्री कुलमान घिसिङले अनुगमन तथा निरिक्षण गर्नु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटार स्थित चन्द्रनिगापुर–गैंडाटार जोड्ने नौ वर्षदेखि अधुरो रहेको पुलको अनुगमन गर्नु भएको हो । सो क्रममा मन्त्रि घिसिङले ठेकेदार दयाराम साहलाई तत्काल पुल निर्माण गर्न निर्देशन दिनु भएको छ । मन्त्रि घिसिङसँग ठेकेदार साहले अगामी २०८३ जेठ मसान्त सम्म सो पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएको छ । घिसिङले ठेकेदार दयाराम साहलाई पुल निर्माणको काम नगरे ठेक्का तोड्ने सम्मको कडा निर्देशन समेत दिनु भयो । पुल निर्माण कार्यमा भएको ढिलाइका कारण मन्त्रीले गम्भीर असन्तुष्टि व्यक्त गर्दै ठेकेदार कम्पनीलाई तत्काल काम अगाडि बढाउन निर्देशन दिनु भयो । “यदि ठेकेदार कम्पनीले काममा आलटाल गरे भने ठेक्का तोड्न पनि पछि हट्ने छैनौँ ।” मन्त्रिले भन्नुभयो । मन्त्रि घिसिङको कडा निर्देशनपछि ठेकेदारले प्रतिबद्धता गरेको समयावधि २०८३ जेठ मसान्त सम्ममा पुल निर्माण सम्पन्न हुन सक्ने आशा गरेका छन तर ढुक्क हुने अबस्था नरहेको स्थानिय उपेन्द्र गोलेले बताउनु भयो । स्थानिय सचेत नागरिकहरुले पुल निर्माणको कार्यलाई निगरानी र निर्माण कम्पनिलाई बारम्बार ताकेता गर्नु पर्नेले गोलेले जोड दिनु भयो ।
ऊर्जा, जलस्रोत तथा भौतिक मन्त्री कुलमान घिसिङले शुक्रबार रौतहटको विभिन्न विकास निर्माण योजनाहरूको अनुगमन गर्नु भएको छ । मन्त्री घिसिङको अवलोकन कार्यक्रममा पहिलो कदम चन्द्रपुर नगरपालिका–८ स्थित जन्म उत्सव पार्कमा वृक्षारोपणको आयोजना थियो । त्यसपछि मन्त्री घिसिङले गौर स्थित बरहरवा खोलामा निर्माणाधीन अर्को पुलको पनि अनुगमन गर्दै ठेकेदार कम्पनीलाई शीघ्र काम पूरा गर्न कडा निर्देशन दिनुभयो । उहाँले यस प्रकारका ढिलाइहरूलाई स्थानीय विकासमा गम्भीर असर पर्ने भन्दै यसलाई तुरुन्त सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।यसैगरी, मन्त्री घिसिङले रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित भलोहिया खोलाको पुलको पनि अनुगमन गर्नु भएको थियो ।

ताजा समाचार

Related Articles