बृन्दावनमा सडक तथा नाला निर्माणको शिलान्यास, १२ करोड ७८ लाखको परियोजना सुरु

राैतहट २४ मंसिर
राैतहटकाे बृन्दावनमा बुधबार ढल तथा नाला जिर्माणकाे शिलान्यास गरिएकाे छ । रौतहट क्षेत्र नं. ४ का प्रदेश सांसद युवराज भट्टराई ‘समीर’ ले बुधबार विश्रामपुर, बेनौलि, नरकटिया र हर्दिया गाउँहरूलाई जोड्ने महत्वपूर्ण सडक तथा नाला निर्माण परियोजनाको शिलान्यास गर्नु भएकाे छ । कुल लागत १२ करोड ७८ लाख रुपैयाँको साे आयोजनाबाट ग्रामीण सडक कालोपत्रे हुने र नालासहित उचित निकास प्रणाली व्यवस्थापन हुने भएकाले वर्षायाममा देखिँदै आएको जलजमावको समस्या समाधान हुने स्थानियले अपेक्षा गरेका छन । सांसद भट्टराईका अनुसार यस परियोजनाले स्थानीय बासिन्दाहरूको आवागमन सहज बनाउने छ। शिलान्यास कार्यक्रममा पूर्वसभासद् देवेन्द्र पटेल, बृन्दाबन नगरपालिकाका पूर्वमेयर राम स्नेही यादव, मेयरका प्रत्याशी प्रेम शंकर यादव, रामप्रसाद पटेल तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

Related Articles