रौतहटको सिन्दुरेघारीमा कुलमानले मंसिर २६ गते सम्बोदन गर्दै

रौतहट २३ मंसिर

रौतहटमा मंसिर २६ गते कुलमान घिसिङ आउनु हुने भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ९ सिन्दुरेघारीस्थित जन्मदिनलाई सत्कर्ममा जोडौ भन्ने नाराका साथ स्थापना भएको जन्म उत्सव पार्कमा बिशेष सम्बोदन गर्न ऊर्जा , जलस्रोत तथा सिचाई मन्त्रि कुलमान घिसिङ मंसिर २६ गते शुक्रबार रौतहट आउनु हुने भएको छ । मंगलबार सिन्दुरेघारीमा बसेको भेला तयारी समितिको छलफलमा मन्त्रि घिसिङले उज्यालो नेपाल पार्टीको सम्बन्धमा समेत आफ्‌नो भनाई राख्ने सो पार्टीका केन्द्रिय सदस्य अरबिन्द्र साहले बताउनु भयो । सोही क्रममा मन्त्रि घिसिङले लामो समयसम्म अलपत्र अबस्थामा रहेको बडरहवाको पुल र गैडाटारस्थित चादी नदी पुलको समेत स्थलगत निरिक्षण कार्यक्रम रहेको बताउनु भएको छ । सो कार्यक्रमलाई भब्यताका साथ सफल बनाउन सम्पुर्ण आम नागरिकहरुलाई अनुरोध गरिएको छ । मुलुक परिवर्तनमा कुलमान जस्तो देशभक्त नागरिकहरुको आवश्यकता रहेकाले आम नागरिकहरुलाई घिसिङको अभियानमा जोडिन आग्रह समेत गरेको छ । कार्यक्रममा चन्द्रपुर ,गरुडा र बृन्दावन नगरपालिकाबाट हजारौ नागरिकहरुको सहभागीता रहने गोबिन्द चौलागाईले बताउनु भयो ।

ताजा समाचार

Related Articles