राैतहट २२ मंसिर
पाँच कार्य दिनसम्म सञ्चालन हुने विशेष घुम्ती प्रशिक्षण कार्यक्रम आज देखि सुरू भएको छ। २०८२ साल मंसिर २२ गतेदेखि २६ गतेसम्म चल्ने यस तालिममा प्र.व.ह., प्र.ह., प्र.स.ह. तथा प्र.ज. लक्षित समूहका सुरक्षाकर्मीहरू सहभागी रहेका छन । “बल प्रयोग सिद्धान्त तथा हातहतियारको प्रयोग विशेष” शीर्षकमा सञ्चालन भइरहेको यो प्रशिक्षण कार्यक्रमको औपचारिक उद्घाटन राैतहटका प्रहरी उपरीक्षक तथा कार्यालय प्रमुख रबिन कार्कीले गरेका छन । उद्घाटन सत्रमा बोल्दै एसपी कार्कीले तालिमलाई बढी व्यवहारिक, जिम्मेवारीपूर्ण र प्रभावकारी बनाउने उद्देश्य राखिएको बताए। उनले सुरक्षा व्यवस्थामा बल प्रयोगका सिद्धान्त, कानुनी दायरा, जोखिम व्यवस्थापन तथा हातहतियारको सुरक्षित प्रयोगबारे स्पष्ट ज्ञान अत्यावश्यकर रहेको भन्दै सहभागीहरूलाई गम्भीरतापूर्वक प्रशिक्षण लिन आग्रह गरे ।यस विशेष अनुशिक्षण कार्यक्रममार्फत सुरक्षाकर्मीहरूको दक्षता, अनुशासन तथा कार्यक्षमता थप उन्नत हुने अपेक्षा गरिएको आयोजक पक्षले जनाएको छ।

