रौतहटमा सवारी दुर्घटनामा परी बुबाको मृत्यु दुई छोरा र एक छोरी घाइते

रुपेन्द्र पटेल
रौतहट, १९ मंसिर । सवारी दुर्घटनामा परि रौतहटमा बुबाको मृत्यु भएको छ भने दुई छोरा र एक छोरी घाइते हुनुभएको छ ।
जिल्लाको चन्द्रपुर नगरपालिका–६ मोतियाही पुल नजिक रहेको चन्द्रनिगाहपुर–गौर सडकखण्डमा शुक्रबार अपराह्न बस र मोटरसाइकल एकआपसमा ठोकिँदा  एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते हुनुभएको छ । गौरबाट चन्द्रनिगाहपुर तर्फ जाँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र बिपरीत दिशाबाट आइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा उक्त घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिकापुरले जनाएको छ ।
दुर्घटनामा परी जिल्लाको बृन्दावन नगरपालिका–२ बिश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेललाई चिकित्सकको मृत्यु भएको छ ।
दुर्घटनापछि घाइते भएका हरूलाई तत्काल चन्द्रपुस्थित चन्द्रपुर प्रालि अस्पतालमा उपचारका लागि पठाइएको थियो ।
उपचारकै क्रममा साँझ सवा ५ बजेतिर चिकित्सकले पटेललाई मृत घोषणा गर्नुभएको थियो । मृत्यु पटेलले नै चलाएको मोटरसाइकलमा सवार उहाँका तीन बालबालिका घाइते हुनुभएको छ ।
घाइते हुनेमा १२ वर्षीय युवराज पटेल  ११ वर्षीया  आकृति पटेल र १५ वर्षीय छोरा प्रिन्स कुमार पटेल रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ।
घटनापछि बस चालकलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिनुभएको छ ।
प्रहरीका अनुसार दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको छ ।

ताजा समाचार

Related Articles