चन्द्रपुर र गुजरामा सामुदायिक जलवायु अनुकूलन तथा विपद व्यवस्थापन योजनाले ल्यायो दिगो परिवर्तन

चन्द्रपुर, १७ मंसिर । अक्सफाम नेपालको आर्थिक सहयोगमा ग्रामीण विकास केन्द्र (आरडिसी नेपाल) द्वारा सञ्चालित जलवायु जोखिम तथा संकटासन्नताको लागि सामुदायिक उत्थानशील परियोजना चन्द्रपुर नगरपालिका र गुजरा नगरपालिकामा प्रभावकारी रूपमा कार्यान्वयन भइरहेका छन्। दुवै स्थानीय तहमा सामुदायिक जलवायु अनुकूलन तथा विपत् व्यवस्थापन समिति गठन गरी विभिन्न कार्यक्रम अघि बढाइएको आरडिसी नेपालको कार्यक्रम फिल्ड सुपरिवेक्षक ज्योति फुयालले जानकारी दिनुभयो ।
चन्द्रपुर–१ डाँडा टोल र चन्द्रपुर–२ पुलामी टोलमा कृषि उत्पादन सुधार, सिँचाइ सहजता तथा घरायसी ऊर्जा वातावरणमैत्री बनाउन सहयोग पुग्ने सामग्री वितरण गरिएको फुयालले बताउनुभयो । समुदायले २० प्रतिशत र परियोजनाले ८० देखि १०० प्रतिशतसम्म सहयोग गरेको समेत फुयालले उल्लेख गर्नुभयो ।
यस्तै ४२ घरधुरीलाई स्वच्छ ऊर्जा प्रवद्र्धनका लागि विद्युतीय चुलो उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।
आधुनिक कृषि औजार वितरण कार्यक्रममा ग्रामीण विकास केन्द्र नेपालका अध्यक्ष डा. पारस हुसेन, कार्यकारी निर्देशक आशिष कुमार सिंह, खरिद समितिका सदस्य धर्मेन्द्र साह, चन्द्रपुर–१ का कार्यवाहक वडाध्यक्ष हरिबहादुर वाइबा र चन्द्रपुर–२ की वडा सदस्य शर्मिला सुनुवार परियारको उपस्थितिमा सम्पन्न भएको फुयालले बताउनुभयो ।
चन्द्रपुर–१ का कार्यवाहक वडाध्यक्ष हरिबहादुर वाइबाले स्थानीयहरू अझै दाउरा र एलपी ग्यासमा खाना पकाउन बाध्य रहेको उल्लेख गर्दै भन्नुभयो “दाउरा र ग्यासको धुवाँको कारणले जलवायु परिवर्तन र दिदीबहिनीको स्वास्थ्यमा गम्भीर असर पार्ने जस्ता समस्या बढाइरहेको छ । यसलाई कम गर्न परियोजनाले देखाएको बाटो वडाको वार्षिक योजनामा राख्न आवश्यक छ ।”
उहाँका अनुसार स्वच्छ ऊर्जा प्रवद्र्धनले स्वास्थ्य सुधारका साथै वातावरणमैत्री जीवनशैली विकासमा मदत गर्ने भएकाले यस्ता कार्यक्रमलाई स्थानीय तहले पनि निरन्तरता दिनुपर्छ ।
त्यसैगरी चन्द्रपुर–२ की वडा सदस्य शर्मिला सुनुवार परियारले विद्युतीय चुलोले वातावरणमैत्री ऊर्जा प्रयोगलाई बढावा दिने बताउँदै उहाँले “आधुनिक कृषि औजारले किसानलाई छिटो–छरितो ढंगले खेती गर्न मदत पु¥याएको बाउनुभएको छ । यसले समय बचत गर्छ, श्रम घटाउँछ र बचेको समयलाई अन्य उपयोगी कार्यमा लगाउन सकिन्छ उहाँले उल्लेख गर्नुभयो ।”
यस्तै बाढी–कटान जोखिमका स्थानमा करिब ६० मिटर जैविक तटबन्धन निर्माण भइरहेको आरडिसी नेपाल कार्यक्रम सहजकता फुयालले जानकारी दिनुभयो । यसले जमिन संरक्षण, नदीको कटान रोकथाम र बस्तीको सुरक्षा सुनिश्चित गर्ने स्थानीयको बुझाइ छ ।
चन्द्रनिगाहपुरका स्थानीय राजेन्द्र तिवारीले परियोजनाले समुदायमा देखाएको परिवर्तनबारे बताउँदै भन्नुभयो “यी कार्यक्रमहरूले जलवायु जोखिम कम गर्ने ठोस प्रभाव देखाएका छन् । गैरसरकारी संस्थाले मात्रै होइन, स्थानीय तहले पनि बजेट विनियोजन गरेर यस्ता कार्यक्रम निरन्तर ल्याउनुपर्छ ।”
सोही कार्यक्रममा बोल्दै ग्रामीण विकास केन्द्र नेपालका कार्यकारी निर्देशक आशिष कुमार सिंहले जलवायु परिवर्तनको कारणले गर्दाखेरि सबैभन्दा धेरै कृषि र मानव स्वास्थ्यमा असर परिरहेको बताउँदै परियोजनाले जलवायु परिवर्तनलाई अनुकूलन पार्दै खेतीहरू कसरी गर्ने जलवायु मैत्री खेती कसरी गर्ने आफ्नै घरमा भएको स्रोत साधनलाई प्रयोग गरी जैविक विषादी प्रयोग गर्ने तरिकाहरू परियोजनाले सिकाइरहेको छ यसले गर्दा मानव स्वास्थ्यमा सुधार आउने र जलवायु परिवर्तनलाई न्युनिकरण गर्न मदत पु¥याएको बताउनुभयो ।
समग्रमा, परियोजनाले स्वच्छ ऊर्जा, कृषि आधुनिकीकरण, विपद् जोखिम न्यूनीकरण र वातावरण संरक्षणमा पु¥याएको योगदानले समुदायमा दिगो परिवर्तन ल्याएको आरडिसी नेपालका अधिकारीहरुले बताउनुभएको छ ।

ताजा समाचार

Related Articles