बाराको एक नहरमा डुबेर एक जनाको मृत्यु

बारा १६ मंसिर
बारामा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–२७ मा रहेको सिँचाइको नहरमा डुबेर मंगलबार एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बारालेजनाएको छ । मृत्यु हुनेमा बर्ष ५१ का इन्दुदेवी कोइरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार घरबाट बिहान करिब ५ बजे निस्किएकी इन्दुको खोजी गर्ने क्रममा शव तैरिरहेको अवस्थामा फेला परेको थियो । नहरमा डुबेको शव स्थानीयको सहायतामा निकालिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक खेमप्रसाद नेपालले महिलाको मृत्यु भएको सम्बन्धमा अनुसन्धान थालिएको जानकारी दिनु भयो ।

ताजा समाचार

Related Articles