राैतहट १४ मंसिर
राैतहटकाे चन्द्रनिगाहपुरबाट गाजासहित एक जना पक्राउ परेकाे छ । आइतबार साझ ५ बजे राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ५ सुन्दरबस्ति टाेलका बर्ष ३३ का सुमन तामाङ याेञ्जन पक्राउ परेकाे ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएकाे छ । योन्जनले आफ्नै घरमा अवैध लागूऔषध गाँ’जा लुकाई छिपाई राखी बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब निरीक्षक अनिल तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनी सुत्ने कोठाको पलङको घर्रामा बेच्नलाई तयार पारेर राखेको चार किलो ७५० ग्राम गाँ’जा र नगद ८१८० सहित नियन्त्रणमा लिएकाे प्रहरीले बताएकाे छ । पक्राउ परेकाे याेञ्जनलाई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ।

