रुपेन्द्र पटेल
रौतहट, १४ मंसिर । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि रौतहट क्षेत्र नं–४ मा प्रतिनिधि छनौट प्रक्रिया मतदानमार्फत सम्पन्न भएको छ । जिल्लाका चार क्षेत्रमध्ये तीनवटामा सर्वसम्मत सहमति जुटेपनि, क्षेत्र नं–४ मा भने अन्तिम समयमा सहमति नजुटेकाले मतदानको प्रक्रियामा जानु परेको नेकपा एमाले रौतहटका सचिव बाबुराम दाहालले जानकारी दिनुभयो ।
निर्वाचन समितिका संयोजक किशोर उपाध्यायका अनुसार शनिबार सम्पन्न मतदानमा ६७६ मत खसेको थियो । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म शान्तिपूर्ण र व्यवस्थित ढंगले मतदान सम्पन्न भएको उपाध्यायले बताउनुभयो ।
महिला क्लस्टरमा मुन्ना सुवेदी र सकुन्तला कुमारी निर्वाचित भएकी छन् । खुला तर्फबाट शिवप्रसाद आचार्य र रामजी साह विजयी हुनुभएको छ । त्यस्तै, युवा क्लस्टरमा रवि राणा मगर निर्वाचित बनेका छन् भन्ने जानकारी पनि निर्वाचन समितिका संयोजक उपाध्यायले जानकारी दिनुभयो ।
समितिका अनुसार मतगणना कार्य शनिबार राति नै सम्पन्न भएको छ ।

