फरार प्रतिवादी ब्राउन सुगरसहित पक्राउ

   रुपेन्द्र पटेल
रौतहट, १४ मंसिर । बैंकिङ कसुरमा फरार रहेका एक प्रतिवादी लागुऔषधसहित रौतहटमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले चन्द्रपुर नगरपालिका–४, गौर रोड नजिकबाट ३२ वर्षीय भोला साह कलुवारलाई नियन्त्रणमा लिएको  डिएसपी रुपा लाबुङ्गेले जानकारी दिइन ।
प्रहरी नायब निरीक्षक निलेश पाठकको कमाण्डमा रहेको टोलीले संकास्पद गतिविधि देखिएपछि रोक्काई चेकजाँच गरेको थियो। सोही क्रममा कलुवारको पाइन्टको गोजीबाट ब्राउन सुगर जस्तो देखिने ०.१९० ग्राम (१९० मिलिग्राम) लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धानका क्रममा चपुर नगरपालिका–६ बस्ने २८ वर्षीय राजेश राईलाई समेत प्रहरीले पक्राउ गरेको छ । दुबैजनालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखी बैंकिङ कसुर तथा लागुऔषध सम्बन्धी मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने डिएसपी लाबुङ्गेले बताइन् ।

ताजा समाचार

Related Articles