रौतहट १२ मंसिर
रौतहटका क्षेत्र नं.४ मा नेकपा एमालेको ११ औं महधिबेशनमा ५ प्रतिनिधिका लागी २२ जनाको उमेद्वारी परेको छ । अगामी मंसिर २७ , २८ र २९ गते हुने नेकपा एमालेको ११ औं महाधिबेशनका लागी प्रतिनिधि छनौटका लागी रौतहट क्षेत्र नं. ४ मा २२ जनाको उमेदवारी परेको हो । रौतहट क्षेत्र नं. ४ मा नेकपा एमालेले १९३५ जना पार्टी सदस्यताहरुलाई आधिकारीकता दिएको छ । ५ प्रतिनिधिका लागी भोली मंसिर १३ गते नेकपा एमाले चन्द्रनिगाहपुरस्थित पार्टी कार्यालयमा बिहान १० बजेदेखि ४ बजेसम्म निर्वाचन तय गरेको नेकपा एमाले चन्द्रपुर नगर अध्यक्ष शिव आचार्यले तराई पोष्टलाई जानकारी दिनु भयो ।
रौतहट क्षेत्र नं. ४ मा नेकपा एमालेको १९३५ जना पार्टी सदस्यताहरुलाई पार्टीले आधिकारीकता दिएको छ । सयौ पाटीका सदस्यहरुको नाम लिस्टमा नपरेपछि उनीहरुले असन्तुष्टि ब्यक्त गरेका छन । २०८२ मंसिर १३ गते शनिकार प्रतिनिधि छनौटमा भने रौतहट क्षेत्र नं. ४ मा १९३५ जनाले आफ्नो मत दिन पाउने भएका छन । जस अनुसार क्षेत्र नं. ४ निर्वाचन क्षेत्रमा रहेका १२०० पार्टी सदस्य बराबर ४० वर्षमुनिका एक जना युवा र एक जना महिला सहित खुल्ला २ जना गरी ४ जनाले प्रतिनिधित्व गर्ने छन । र ७३५ जना सदस्यता रहेकाले थप १ जनाले प्रतिनिधित्व गर्न पाउने छन । जस अनुसार रौतहट क्षेत्र नं. ४ बाट ५ जना प्रनितिधि छनौट हुने छन ।
को को छन उमेदवार ?
खुल्लामा : ३ जनाका लागी
खड्क बहादुर बम्जन , राजेन्द्र तिवारी , अशोक पहाडी , शिव आचार्य ,नौतम पोख्रेल , रामजी साह ,कृष्ण प्रसाद तिमल्सिना , सुरेश यादव ,शेख सदरे आलम , कमल प्रसाद तिमल्सिना, वैधनाथ सहनी ,टंकेश्वर चौधरी ,अंजनिकु साह र प्रेम शंकर यादव
महिलामा : १ जनाका लागी
मुना लामिछाने , गिता कुमारी साह ,सकुन्तला कुमारी , रिता कार्की र सिता राना मगर ।
युवामा : १ जनाका लागी
शम्भु खड्का , बालविक्रम कार्की र रवि राना मगर ।

