बारा १२ मंसिर
बारामा एक युवाको घाटी रेटेर हत्या भएको छ । बाराको प्रसौनी गाँउपालिका–६ भलुहीस्थित पानी उद्योगमा कार्यरत कर्मचारीको घाटी रेटी हत्या भएको हो । सो उद्योगमा कार्यरत कर्मचारी बर्ष ४२ का राम किशोर सिंहको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृतक सिंह सर्लाहीको धनकौल गाउँपालिकाका स्थायी बासिन्दा हुन । सिंहको हत्या भएको घटनाबारे शुक्रबार बिहान करिब ८ बजेतिर मात्रै सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सिंह लामो समयदेखि उद्योगमै बस्दै आएको र घाँटी रेटेर हत्या भएको अवस्थामा फेला परेको जिप्रका बाराका प्रवक्ता विजय पण्डितले बताउनु भयो । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरि सकेको बताउनु भयो ।

