रौतहटको चन्द्रपुरका ३२ सरसफाई कर्मीलाई निशुल्क हेपाटाइटिस भ्याक्सिन

रौतहट १२ मंसिर
रौतहटको चन्द्रनिगाहपुरका ३२ जना सरसफाईकर्मीहरुलाईनिशुल्क हेपाटाइटिस रोग विरुद्धको भ्याक्सिन लगाइएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाका सफाइकर्मीलाई निःशुल्क हेपाटाइटिस रोगविरुद्धको भ्याक्सिन लगाइएको हो । चन्द्रपुर हस्पिटलका संस्थापक डाक्टर सुभाष चौधरीको पहलमा शुक्रवार बिहान एक कार्यक्रमका बिच नगरपालिकाको सरसफाइ विभागमा कार्यरत ३२ जना लाई निःशुल्क भ्याक्सिन लगाइएको हो । चन्द्रपुर स्थित होटलहरु लगायत विभिन्न सार्वजनिक स्थानका फोहर मैला व्यवस्थापन गर्दा सरसफाइ विभागका कर्मचारीहरूलाई हेपाटाइटिस रोग लाग्ने उच्च जोखिममा रहेकोले चन्द्रपुर अस्पताल प्रालिले निःशुल्क भ्याक्सिन उपलब्ध गराएको डाक्टर चौधरीले जानकारी दिनु भयो । रोग विरुद्धको खोप लगाइएपछि सुरक्षित, प्रभावकारी र दीर्घकालीन सुरक्षा प्रदान गर्ने डाक्टर चौधरीले बताउनु भयो । उक्त अवसरमा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार काफ्ले, डाक्टर सुभाष चौधरी, डाक्टर सुजन शर्मा, डाक्टर अमित चौधरी, डाक्टर दीपक साह, लगायत नगरका कर्मचारी तथा स्थानीय भद्र भलादमीको सहभागिता रहेको थियो । विश्वभर ३२ करोड ५० लाख व्यक्ति हेपाटाइटिस रोग बाट ग्रसित छन् भने १० जना मध्ये ९ जना यो रोगबाट अनभिज्ञ रहेको डाक्टर सुभाष चौधरीले सम्बोधनको क्रममा बताउनु भयो ।

ताजा समाचार

Related Articles