रौतहट जसपा नेपालद्वारा २८ बुँदे माग सहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र

रौतहट, १० मंसिर ।
रौतहटमा २८ बँुदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । बुधबार जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार रौतहटमा २८ बुँदे माग सहित प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापन पत्र बुझाएको हो । उक्त ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय, रौतहटमार्फत प्रधानमन्त्री लाई बुझाइको जसपा नेपालले जनाएको छ । जसपा नेपाल रौतहट जिल्ला समितिका पदाधिकारी तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागीतामा सो कार्यक्रम सम्पन्न भएको जनाएको छ । जसपा नेपालले पार्टीले देशभर देखिएको राजनीतिक अस्थिरता, संविधान कार्यान्वयनमा देखिएको कमजोरी, सामाजिक न्याय तथा समावेशीता सम्बन्धी अपेक्षित प्रगति नदेखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हुन । जसपाले पेश गरेको २८ बुँदे मागहरुमा राज्य पुनसंरचनाबाट भएको अन्याय सच्याई २०६२/६३ को आन्दोलनले प्राप्त अधिकार अनुसार समानुपातिक समावेशी पुनसंरचनाको माग, प्रदेश र स्थानीय तहमा अधिकार प्रत्यायोजन, साझा शासन  र स्वशासन  प्रभावकारी कार्यान्वयन, दलित, महिला, आदिवासी–जनजाति, मधेसी, मुस्लिम, थारू तथा पिछडिएको वर्गको न्यायपूर्ण प्रतिनिधित्व, सामाजिक न्याय, समतामूलक विकास, शिक्षा, स्वास्थ्य, सिँचाइ, कृषि, रोजगारी लगायत क्षेत्रको सुधार, स्थानीय तहलाई आर्थिक, प्रशासनिक स्वायत्तता र करसंग्रह अधिकार सुनिश्चित गर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन तथा सेवा प्रवाह सुधार, युवा–नीति, रोजगार कार्यक्रम, सीप विकास तथा उद्यमशीलता प्रवद्र्धन, सुरक्षा निकायमा समानुपातिक समावेशीता, स्थानीय मुद्दामा स्थानीय तहका प्रमुखहरूको अधिकार वृद्धि, आदिवासी जनजातिका अधिकार सम्बन्धी २००७ र ILO–१६९ को प्रभावकारी कार्यान्वयन सहितका २२ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाइएको छ । जसपा नेपालले सरकार तत्काल संवेदनशील भई मागहरू सम्बोधन गर्नु पर्ने आवश्यकता औंल्याउँदै त्यसो नगर्ने हो भने पार्टीले थप संघर्षका कार्यक्रम अघि सार्ने चेतावनी दिएको छ । कार्यक्रममा पार्टीका जिल्ला नेता तथा कार्यकर्ताको सक्रिय सहभागिता रहेको जिल्ला समितिले जनाएको छ ।

ताजा समाचार

Related Articles