रौतहट १० मंसिर
रौतहटमा विभिन्न किसिमका अपराधका घटनाहरु हुने क्रम रोकिएको छैन । बुधबार पनि रौतहटको माधवनारायण नगरपालिकाको वडा नम्बर ४ विशुनपुरवामा बर्ष २१ का रुबीना यादव शंकास्पद अवस्थामा मृत अबस्थामा शव फेला परेको छ । सो मृत शव प्रहरीले आत्महत्या हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ । तर माइती पक्षले श्रीमान रूपेश यादवमाथि हत्या गरी झुण्ड्याएको गम्भीर आरोप लगाएका छन । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र वास्तविकता खुल्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिनु भयो । रौतहटमा बढ्दो अपराध घटनाले सर्वसाधारण त्रसित भएको स्थानियले बताएका छन ।

