सर्लाहीमा आफ्‌नै शरिरमा पेट्रोल छर्की आगो लगाई एक पुरुषले गरे आत्माहत्या

सर्लाही १० मंसिर
सर्लाहीका एक पुरुषले आफ्‌नै शरिरमा लागो लगाई आत्मा हत्या गरेका छन । सर्लाहीको लालबन्दी नगरपालिकाको वडा नम्बर ७ डुमडुमे मन्दिर नजिक आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएर गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मंगलवार साँझ करिब ७ः४० बजेतिर स्थानीयले सो स्थानमा ४०–४५ वर्ष उमेरको एक पुरुष आगोले जलेर लडिरहेको देखेपछि ७ः५० बजे इलाका प्रहरी कार्यालय लालबन्दीलाई खबर गरेका थिए । सूचना पाए लगत्तै वीरेन्द्र सिंह जोहारीको कमान्डमा खटिएको प्रहरी टोली ८ बजे घटनास्थल पुगेर ९० प्रतिशत शरीर जलेका घाइतेलाई तत्काल सीटी हेल्थ केयर लालबन्दी उपचारको लागि पठाएको थियो । अवस्था गम्भीर भएपछि घाइते लाई राति ९ बजे ज १ च १८९७ नम्बरको एम्बुलेन्स मार्फत थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । राति २ बजेर १९ मिनेटमा उपचारकै क्रममा ती पुरुषको मृत्यु भएको जनकपुर अस्पतालले जनाएको छ । पहिचान खुलाउने क्रममा मृतकको मोबाइलबाट सम्पर्क खोज्दा उनी झापा, गौरादह नगरपालिका–२ का सूर्य प्रसाद पोख्रेल रहेको पुष्टि भएको सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज कुमार राई तराई पोष्टलाई बताउनु भयो ।

ताजा समाचार

Related Articles