मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छोटो समयमा राम्रो फाइदा उठाउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । दुविधा उत्पन्न भएको ठाउँमा शुभचिन्तकहरूको साथ र सहयोग पाइनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला । मनमा अरुको लागि परोपकारको भावना जागृत हुनेछ । स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला । व्यापार व्यवसायमा नयाँ योजनाहरू क्रियान्वित गर्न सक्नुहुनेछ । सवारी साधन चलाउँदा सावधान रहनुहोला । आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समयको बाध्यताले काम समयमा पूरा नहुँदा मन खिन्न रहनेछ । व्यवसायमा न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । जग्गा जमीनबाट राम्रो लाभ उठाउन सकिएला । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यवसायिक कामले यात्राको अवसर दिलाउनेछ । मौसम बिमारीबाट जोगिनुहोस् । माननीय जनहरूको सहयोगले रोकिएका कार्य बन्नेछन् । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विद्यार्थीहरूलाई परीक्षामा सोचेजस्तो अनुकूल परिणाम नमिल्ला । इर्ष्या गर्ने वा साइनो गास्नेहरूबाट सावधान रहनुहोला । दिगो लाभ हुने कामको रूपरेखा निर्माण गर्न सकिनेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक संघ समारोहमा सम्मलित भइएला । कार्यक्षेत्रमा चुनौती पन्छाउँदै नयाँ अवसर निर्माण गर्न सकिनेछ । शिक्षाको क्षेत्र फराकिलो बन्नेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साझेदारी व्यापारमा लाभ रहनेछ । नयाँ अवसरको खोजीमा आफन्तहरूबाट टाढा जानुपर्ला । व्यावहारिक पक्ष मजबुत रहनेछ । स्वास्थ्यले सबल रहनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा सहयोगी र आफन्तहरूको साथ पाइनेछ । विद्यार्थीहरूको बौद्धिक क्षमताको विकास हुनेछ । आय आर्जनका नयाँ बाटोहरू खुल्नेछन् । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्य प्रारम्भ गर्नुभन्दा पहिलाको कामलाई नै निरन्तरता दिने प्रयास गर्नुहोला । विभिन्न भौतिक संसाधन जुटाउन सकिनेछ । जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) परिश्रमले भविष्यको बाटो निर्माण गर्न सकिनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । कानुनी मुद्दा मामलामा विजय प्राप्त गर्न सकिनेछ । रोग र शत्रु दुवै कुरा पन्छिनेछन् । आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्वकांक्षी योजनाहरू प्रारम्भ हुनेछन् । सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । चुनैतीपूर्ण काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । अग्रज वा सहयोगीहरूको साथ मिल्नेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ ।

