आज – ०६ मंसिर २०८२ शनिवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यमा खानपानलाई लिएर सजगता अपनाउनुहोस । सम्बन्धमा वैचारिक मतभेद उत्पन्न होला । अरूले नमागी कसैलाई सल्लाह नदिनुहोस । आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रतियोगि परीक्षामा सफलता मिल्नेछ । फजुल खर्च बढ्नेछ । आवश्यक पर्दा आफन्तहरूको साथ पाइएला । सवारी साधन चलाउँदा सावधान रहनुहोला । आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नसोचेको कार्यसम्पादन हुनाले अरु कार्यप्रति उत्साह जाग्नेछ । ठेकापट्टा सम्बन्धी कार्यबाट विशेष लाभ मिल्ला। परिवारमा राम्रो वातावरण छाउनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्तहरू मध्य मेहनतको सम्मान हुनेछ । अधुरा र अपूर्ण कार्य बन्नेछन् । कार्यक्षेत्रमा नयाँ कामको प्रस्ताव आउनेछ । ब‍ोलिको माध्यमले कार्य सिद्ध हुनेछन् । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पहिलाका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ । कानुन विपरीत कार्य नगर्नुहोला । स्वास्थ्यलाई लिएर खानपानमा ध्यान दिनुहोस् । मनमा अज्ञात भय रहनेछ । आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ९ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक सद्भाव बढ्नेछ । आफ्नो विषयमा अरुले दाबी गर्न सक्लान। नोकरी वा पेशामा अधिकारी वर्गहरूको साथ पाइनेछ । पिताको कार्यक्षेत्रमा उन्नति हुनेछ । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी व्यापारमा लाभ रहनेछ । जीवनसाथीको स्वास्थ्यको कारणले चिन्ता रहनेछ । कला वा संगीतको क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक पक्ष सबल रहनेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चिताएका कार्य सम्पादन गर्न सकिनेछ । आय आर्जनका नयाँ स्रोतहरू फेलापर्नेछन् । विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा लाभ रहनेछ । पशुपालन वा कृषिबाट लाभ प्राप्त गर्न सकिनेछ । चिकित्साको क्षेत्रमा सफलता मिल्नेछ । प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) तारिफ योग्य कार्यले लोकप्रियता बढाउनेछ । बिशष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । अवसरवादीहरूले फसाउन सक्लान् सावधान रहनुहोस् । आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महत्वपूर्ण कार्यको थालनी हुनेछ । व्यापार व्यवसायमा राम्रो लाभ आर्जन गर्न सकिनेछ । युवा वर्गहरूलाई करियरलाई लिएर चिन्ता रहनेछ । दाजुभाईमा आत्मीयता बढ्नेछ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लगनशीलताले कार्यहरू अगाडि बढ्नेछन् । रोकिएका कार्यहरू सम्पादन गर्न सकिनेछ । यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। धर्म कर्मप्रति मन जानेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ ।

ताजा समाचार

Related Articles