नेकपा एमालेले आज काठमाडौमा शक्ति प्रदर्शन गर्दै

नेकपा एमालेले शुक्रबार काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनी मार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गरिएको हो । यो जनसभालाई एमालेले शक्ति प्रदर्शनको रुपमा अर्थ्याउँदै आएको छ । संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक तवरले बनेको भन्दै त्यसको विरोध स्वरूप जनसभा गर्न लागिएको नेताहरुले बताएका छन । एमालेका नेता महेश बस्नेतले शुक्रबारको जनसभामा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन् । यसअघि विहिबार नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको थियो ।

ताजा समाचार

Related Articles