चन्द्रनिगाहपुरबाट ठुलाे परिमाण लागू औषध बरामद

राैतहट ५ मंसिर
राैतहटकाे चन्द्रनिगाहपुरमा शुक्रबार साझ ठुलाे परिमाणमा लागू औषध बरामद गरिएकाे छ । चन्द्रनिगाहपुर चाेकबाट बजार गइरहेकाे ना२५प ६२८ नम्बरकाे माेटरसाइकलबाट साे लागू औषध बरामद गरेकाे प्रहरीले जनाएकाे छ । लागू औषध माेटरसाइकलकाे ले गार्डमा झाेलामा राखेर जाँदै गर्दा प्रहरीले देखेपछि माेटरसाइकल छाेडी फरार भएकाे प्रहरीकाे भनाई रहेकाे छ । झाेलाबाट ठूलो परिमाणको ट्रामाडोल नामक प्रति’बन्धित लागु औषध  बरामद भएकाे प्रहरीले जनाएकाे छ । थप अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएकमे छ ।

ताजा समाचार

Related Articles