रौतटह ४ मंसिर
रौतहटको फतुवा विजयपुरबाट चोरी भएको मोतरसाइकल बाराको कोल्हवीमा फेला परेको छ । गएराती रौतहटको फतुवा विजयपुर नगरपालिकाको भैसही गाउ पुर्व टोलका रामचन्द्र चौधरीको मोटरसाइकल चोरी भएको थियो । सो मोटरसाइकल विहिबार बेवारिसे अबस्थामा सथनियले उखुबारीमा देखेपछि सामाजिक सञ्जालमा फोटो राखेर सुरक्षित स्थानमा राखेका थिए । सो मोटरसाइकल विहिबार बिहान बाराको कोल्हवी नगरपालकाको वडा नम्बर २ हनुमानगंज पिपरिया सडक खण्डको सडक छेउ उखुबारीमा बेवारिसे अबस्थामा मोटरसाइकल फेला परेको थियो । प्रदेश २–०३—००९ प ४००६ नम्बरको मोटरसाइकल फेला परेको हो । रौतहटको फतुवा विजयपुर पिपरिया गाउँका रामाचन्द्र चौधरीले सो मोटरसाइकल आफ्नो भनी लगेको स्थानियले बताएका छन । आफ्नो मोटरसाइकल बुधबार चोरी भएको र चोरहरूले हनुमानगञ्ज नजिकै ल्याएर फालेको चौधरीले बताएका छन । पछिल्लो समय रौतहट लगायत मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा मोटरसाइकल चोरीको घटनाहरु बढ्दै गएको छ । सचेत रहन प्रशासनले आग्रह गरेकोछ ।

