मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आलस्यले गर्दा हातमा आएको अवसर प्राप्त नहोला । व्यावहारिक विषयलाई लिएर संघर्ष गर्नुपर्ला । गोप्य कुरा सार्वजनिक नगर्नुहोला । व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस । आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आम्दनी बढाउने काम प्रारम्भ गर्न सक्नुहुनेछ । वाद विवादबाट टाढा रहनुहोस् । अतिथिको रुपमा सत्कार प्राप्त हुनेछ । व्यक्तित्वलाई निखार्ने समय रहेको छ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पुरुषार्थ देखाएर समाजमा नाम स्थापित गर्न सकिनेछ । अनावश्यक साइनो गाँस्नेहरूबाट सावधान रहनुहोला । परिवारको तर्फबाट सोचेजस्तो सहयोग नमिल्ला । आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफुले गरेको कामबाट अरुले फाइदा उठाउने चेष्टा गर्नेछन् । नयाँ कार्यप्रति मन आकर्षित हुनेछ । कला वा संगीतको क्षेत्रमा सफलता मिल्नेछ । सञ्चित धनमा वृद्धि हुनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला । अध्ययनमा कमजोरीको अनुभूति हुनेछ । अनावश्यक कार्यहरूमा समय खर्च हुनेछ । स्वास्थ्यलाई लाई लिएर सावधान रहनुहोला । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा प्रभावशाली व्यक्तित्व निर्माण गर्न सक्नुहुनेछ । कीर्तिमान कार्य गर्ने समय रहेको छ । नोकरी वा पेशामा सहयोगी वर्गहरूको साथ मिल्नेछ । स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरपरिवारको सहयोग हुनाले नयाँ कार्य तर्फ अग्रसर भइनेछ । कार्यक्षेत्रमा लाभ रहनेछ । जीवनसाथीको सुझावलाई वेवास्था नगर्नुहोस् । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चुनौतीहरू पन्छाउदै आफ्नो काम बनाउने समय रहेको छ । सबै क्षेत्रमा राम्रो सफलता प्राप्त हुनेछ । विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्नेछ । आजको शुभ रंग सेतोहो भने शुभ अंक ५ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिस्थिति नमिल्दा कार्यक्षेत्रमा योजना अधुरो रहला । विद्यार्थीहरूलाई गुरुजनहरुको सहयोग मिल्नेछ । धैर्य र आत्मविश्वासमा वृद्धि हुनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) चिताएका काम समयमा सम्पादन गर्न सकिनेछ । उद्योग र व्यापारमा पहिला लिएका निर्णयहरूबाट लाभ मिल्नेछ । प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नोकरी वा पेशामा अधिकारीहरूको साथ र सहयोग पाइनेछ । मेहनतीहरुलाई राम्रो परिणाम प्राप्त हुनेछ । विभिन्न भौतिक संसाधन जुटाउने अवसर मिल्नेछ । आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ९ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिको लागि केही समय प्रतिक्षा गर्नुपर्ला। योजनाहरू समयमा सम्पादन गर्न सकिनेछ । शैक्षिक क्षेत्र फराकिलो बन्नेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ ।

