ढाका १ मंसिर
बंगलादेशको अदालतले विद्यार्थी आन्दोलन दबाएको आरोपमा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको फैसला भएकाे छ । अदालतले हसिनालाई मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै ड्रोन प्रयोग र हेलिकप्टरबाट बम खसाल्न अनुमति दिएको जनाएकाे छ । शेख हसिना हाल भारतमा छिन् र उनी सुनुवाइ प्रक्रियामा उपस्थित थिइनन् ।
ढाका । बंगलादेशमा गत वर्ष विद्यार्थी आन्दोलन दबाउन ‘मानवताविरुद्धको अपराध’ गरेको भन्दै त्यहाँको अदालतले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)ले सोमबार हसिनालाई मृत्युदण्ड हुने सजाय सुनाएको हो । बंगलादेशमा नरसंहारका आरोपित तीन जनामध्ये एक जनामात्र अदालतमा उपस्थित
न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा न्यायाधीशद्वय मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरीसमेत रहेको तीन सदस्यीय इजलासले उक्त मुद्दामा फैसला सुनाएको हो । उक्त मुद्दामा तत्कालीन प्रधानमन्त्री हसिना, तत्कालीन गृहमन्त्री र तत्कालीन प्रहरी महानिरीक्षकलाई विपक्षी बनाइएको थियो । अदालतले तीनै जनालाई कसुरदार मानेको छ ।

