राैतहटमा शनिबार सिरक पसलमा आगलागी , १० लाखकाे क्षति

राैतहट २९ कार्तिक
राैतहटमा शनिबार आगलागी भएकाेे छ । रौतहटको गौर नगरपालिकाकाे वडा नम्बर ५ हनुमान चोकमा रहेकाे वीरेन्द्र चौरसियाद्वारा सञ्चालित सिरक–डसना पसलमा भीषण आगलागी भएको थियाे । शनिबार दिउँसो करिब अढाई बजेतिर भएको आगलागीबाट पसलभित्रका सबै सामग्री जलेर नष्ट भएका चाैरसियाले बताउनु भयाे । विद्युत सर्टका कारण आगलागी भएकाे जनाइएकाे छ । साे आगलागीबाट १० लाख  बराबरको क्षति भएको  जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले बताउनु भयाे ।साे आगलागी जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोली, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको जनाइएकाे छ । दिउँसो साढे ३ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट  पसलभित्र रहेका सम्पूर्ण सामग्रीहरू १ थान मोटर, १ थान डस्ना बनाउने मेसिन, १२ बोरा कपास, १५ बोरा डस्ना कपडा, २ पोका रुई, २० पिस तन्ना, ३० पिस तकिया, २५ पिस तयारी सिरक, २ थान बेन्च, २ थान टेबल, १ थान टीभी, २ थान पंखा र १८ पिस टेन्ट कपडा जलेर नष्ट भएकाे बताइएकाे छ । आगलागी बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ताजा समाचार

Related Articles