मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन उत्साहवर्धक रहनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । सवारी साधन चलाउँदा सावधान रहनुहोला। वित्तीय वा सहकारी मामलाहरू सुल्झिनेछन् । आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक र वैचारिक मतभेद सुल्झिनेछ । राजनीतिक क्षेत्रमा जनबल बढ्नेछ । जग्गा जमिनबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ । स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । पारिवारिक जमघटको बीच रमाइलो भोजनको आनन्द मिल्ला । विश्वास पात्रबाट सहायता मिल्नेछ । आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक १ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला । आलस्यले गर्दा अवसरको फाइदा उठाउन नसकिएला। असंयमित व्यवहारले परिवारमा अशान्तिको माहौल बन्न सक्छ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नोकरी वा पेशामा अधिकारी वर्गहरु हजुरको कार्यशैलीबाट प्रभावित हुनेछन् । नयाँ अवसरबाट लाभ उठाउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व स्थापित गर्न सकिनेछ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अरूको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला । व्यापार व्यवसायमा सोचेजस्तो सफलता हात लाग्ला । व्यापारमा पारदर्शिता राख्नुहोस् । स्वास्थ्यलाई लिएर खानपानमा विशेष ध्यान दिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) संताननको प्रगतिले मन प्रशन्न रहनेछ । कलात्मक र सिर्जनात्मक क्षेत्रमा प्रगति हुनेछ । समाजमा प्रभाव बढ्नेछ । स्वास्थ्य सबल रहनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चिताएको कार्य सम्पादन गर्न सकिनेछ । उच्चपदासीन व्यक्तिहरूको साथ मिल्नेछ । सेवामुलक कामबाट नाम र प्रतिष्ठा कमाउन सकिनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रतिष्ठित कार्य गर्ने समय रहेको छ । समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन । कानुनी मुद्दा मामलाहरूमा सफलता मिल्नेछ । आफ्नो सोचलाई नयाँ दिशा दिने समय रहेको छ । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका कामहरू पुनः प्रारम्भ हुनेछन् । उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ । नयाँ अनुबन्धहरू व्यापार विस्तारमा सहायक हुनेछन् । आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। शिक्षाको क्षेत्र फराकिलो हुनुका साथै विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ । सांस्कृतिक संघ समारोहमा सहभागी जनाउन सकिएला । आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) जीवनसाथीको सहयोगले व्यापारमा राम्रो लाभ आर्जन गर्न सकिनेछ । आफ्नो क्षमतामाथि विश्वास राखी अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । महत्वकांक्षी योजनाहरू प्रारम्भ गर्न सकिनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ ।

