आज – २८ कार्तिक २०८२ शुक्रवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सहयोगी व्यक्तिहरूको समर्थन सजिलै पाइनेछ । विद्यार्थीहरूको पढाइमा भन्दा खेलकुदमा समय व्यतीत हुनेछ । सामाजिक कार्यक्रमहरूमा हजुरको सहभागी रहनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धैर्य र पराक्रममा वृद्धि हुनेछ। रोकिएका योजनाहरूलाई क्रियान्वित गर्न सक्नुहुनेछ । आर्थिक क्षेत्रमा स्थायित्व वा लाभकारी परिणाम मिल्नेछ । आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला हो साहित्यको क्षेत्रमा निखार आउनेछ । जीवनसाथीको साथ मिल्नाले मनोबल उच्च रहनेछ । नयाँ कार्य प्रारम्भ गर्न सकिएला । कार्यक्षेत्रमा दायित्व बढ्नेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लगनशीलताले मनको डर उत्साहमा परिवर्तित हुनेछ । प्रतिस्पर्धामा सफलता हात लाग्नेछ । दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ । आजको शुभ रंग निले हो भने शुभ अंक ५ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा प्रसिद्धी बढ्नेछ । विद्यार्थीहरूलाई धार्मिक वा आध्यात्मिक अध्ययनमा रुचि बढ्नेछ । रोकिएका काम बन्नेछ। नयाँ जिम्मेवारी समेत बढ्ने छ । आजको शुभ रंग निल‍ो हो भने शुभ अंक ७ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेम सम्बन्ध सुमधुर रहनेछ । विद्यार्थीहरूको कलाको क्षेत्रमा रुचि बढ्नेछ । व्यापार लगायत आर्थिक लाभका नयाँ बाटोहरू खुल्नेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सकारात्मक दृष्टिकोणको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । नाम , दाम र इनाम कमाउने समय रहेको छ । कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला । आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यक्तिगत कार्यहरूलाई पनि योजनाबद्ध तरिकाले गर्नुहोस् । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अध्ययन वा अध्यापनमा अपेक्षाकृत परिणाम नमिल्ला । आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा दौडधुप गर्नुपर्ला । अवसरले पछ्याए पनि मौकाको फाइदा उठाउन नसकिएला । राजनीतिकहरूको लागि समय अनुकूल रहेको छ । स्वास्थ्यलाई लिएर ध्यान दिनुहोला । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) युवाहरुलाई करियरमा सफलता वा प्रगतिको मार्ग प्रशस्त हुनेछ। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ । सकारात्मक ऊर्जा वा मानसिक शान्तिको आभास हुनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक वा राजनीतिक क्षेत्रमा सम्मान बढ्नेछ । जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहला । सहकारी तथा वित्तीय संस्थाबाट शुभ सूचना मिल्नेछ । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । कानुनी मुद्दा मामलाहरूमा पक्ष सबल रहनेछ । वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला । आजको शुभ रंग बैजनी हो भने शुभ

ताजा समाचार

Related Articles