रौतहटको गौरमा कर्मकाण्डको प्रशिक्षणबाट गुरुकुल विद्यालय सञ्चालन हुदै

रौतहट २७ कार्तिक
रौतहटको गौरमा गुरुकुल विद्यालय सञ्चालनमा आउने भएको छ । रौतहटको गौर नगरपालिकाको वडा नम्बर २ महादेवपट्टीमा २०८० साल बैशाष २७ गते संस्कृत विद्यालय सञ्चालनका लागी भवनको शिलान्यास गरेको थियो । सो भवनको निर्माण कार्य सम्पन्न भइसकेपछि गुरुकुल विद्यालयमा अध्ययन अध्यापन गर्ने तयारीमा नेपाल संस्कृत विश्वविद्यालय जुटेको छ । सोही क्रममा बुधबार निर्माण सम्पन्न सो भवनको नेपाल संस्कृत विश्वविद्यालय दाङका रजिष्टार प्राध्यापक माधव अधिकारीले विद्यालयको भौतिक पूर्वाधार सहित विद्यालयको निरीक्षण गर्नु भएको छ । गौरमा तत्काल कर्मकाण्डको प्रशिक्षणबाट विद्यालय शुरुवात गर्ने र सोही अनुरुप प्रक्रिया अगाडी बढाउने निर्णय भएको नेपाल संस्कृत विश्व विद्यालय दाङका प्राध्यापक माधव अधिकारीले तराई पोष्टलाई जानकारी दिनु भयो ।

ताजा समाचार

Related Articles