रौतहटका करदाता सेवा खारेजीको विरोधमा उत्रदै उद्योग वाणिज्य संघ

रौतहट २७ कार्तिक
रौतहटको करदाता सेवा कार्यालय खारेजीको बिरोधमा संघर्षका कार्यक्र्रम तय हुने भएको छ । बुधबार रौतहट उद्योग वाणिज्य सङ्घको आयोजनामा नागरिक समाज सहित सबै राजनीतिक दलका प्रतिनिधिहरूको सहभागीतामा करदाता सेवा कार्यालय गौर खारेजी सम्बन्धमा बृहत् छलफल कार्यक्रम सम्पन्न भएको छ । सो छलफलबाट खारेजीका कारण हुन सक्ने नोक्सानीबारे समेत गम्भीर अध्ययन गर्ने निर्णय गरिएको रौतहट उद्योग बाणिज्य संघका अध्यक्ष रविन्द्र नाथ गोपालीले तराई पोष्टलाई जानकारी दिनु भयो । पुन शनिबार व्यापारी वर्गबीच अन्तरक्रिया गरी सोमबार सर्वपक्षीय बैठक बसी संघर्षको कार्य दिशा तय गर्ने निर्णय गरिएको अध्यक्ष गोपालीले बताउनु भयो ।

ताजा समाचार

Related Articles