आज – २७ कार्तिक २०८२ बिहिवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सन्तानको प्रगतिलाई लिएर मन चिन्तित रहनेछ । आर्थिक कारोबारमा सफलता मिल्नेछ । कानुनी पक्ष सबल रहनेछ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साहसिक कार्य गर्ने समय रहेको छ । योजना विपरीत कार्य नगर्नुहोला । कार्यक्षेत्रमा नयाँ अवसर हात लाग्नेछ । सानो प्रयासले पनि राम्रो लाभ आर्जन गर्न सकिएला । आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मानसम्मानमा वृद्धि हुनेछ । लगनशीलताले काममा फाइदा दिलाउनेछ । दिगो कार्य प्रारम्भ गर्न सकिनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) संचित धनमा वृद्धि हुनेछ संगै उठ्नुपर्ने थप रकम उठ्नेछ । व्यापार व्यवसाय वा ठेक्कापट्टा सम्बन्धी कामबाट लाभ उठाउन सकिनेछ । आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नोकरी वा पेशामा नयाँ जिम्मेवारी मिल्नेछ । लगनशीलताले लाभ दिलाउनेछ । प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर मिल्नेछ । आजको शुभ रंग हरिय‍ो हो भने शुभ अंक ३ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) खर्च बढ्नाले अर्थ अभाव देखापर्ला । आवश्यक वस्तु जुटाउन केही समय लाग्नेछ । अरुलाई सल्लाह दिनेबाट बच्नुहोस्। अध्यात्मतिर झुकाब बढ्नेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ । ठूलो फाइदाको लागि केही वस्तु त्याग गर्नुपर्ला । साझेदारी व्यापारमा लाभ हुनेछ । व्यापार व्यवसायमा जीवन साथीको साथ मिल्नेछ । परिजनहरुसँग भेटघाटका योग छन । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक जमघटको बीच रमाइलो समय व्यतीत हुनेछ । जग्गा जमिनबाट लाभार्जन गर्न सकिएला । भविष्यलाई लिएर नयाँ योजनाहरू बन्नेछन् । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) तत्काल फाइदा हेरेर कार्य गर्दा पछि पछुतो लाग्ला । फजुल खर्चबाट जोगिनुहोस् । शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सहयोगीहरूको साथ मिल्नाले चिताएका काम सम्पादन हुनेछन् । स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । संयमित व्यवहारले व्यावहारिक पक्ष सबल रहनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पुरुषार्थी कार्य सम्पादन गर्ने समय रहेको छ । विद्यार्थीहरूलाई रचनात्मक र कलात्मक क्षेत्रमा सफलता मिल्नेछ । पिताको सहयोग मिल्नेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) खर्च बढ्नाले अर्थ अभाव देखापर्ला । आवश्यक वस्तु जुटाउन केही समय लाग्नेछ । अरुलाई सल्लाह दिनेबाट बच्नुहोस् । अध्यात्मतिर झुकाब बढ्नेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । विश्वास पात्रबाट धोखा पाइएला सावधान रहनुहोस् । कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला । सवारी साधन चलाउँदा सावधान रहनुहोला ।

ताजा समाचार

Related Articles